मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा काठमाडाैं
२०७९ चैत ६ सोमबार ११:१४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा उपराष्ट्रपतिको शपथ र बिदाइ

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७९ चैत ६ सोमबार ११:१४:००

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष  यादवले   राष्ट्रपति भवन शीतलनिवासमा आयोजित  विशेष समारोहमा  शपथ लिएका हुन् ।  यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । त्यस्तै, समारोहले निवर्तमान उपराष्ट्रपति नन्दबहादुर  पुनको बिदाइ गरेको छ । 

समारोहमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वराष्ट्रपति डा. रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर  पुन, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :