१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोटी क्याम्पसमा निर्वाचन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:४८:oo

डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। मतदानमा धाँधली भएको भन्दै केही विद्यार्थीले मतपेटिका फुटाएपछि निर्वाचन स्थगित गरिएको हो।

शान्तिपूर्ण रूपमा मतदान भइरहेको अवस्थामा केही उच्छृंखल तत्वहरू मतदान केन्द्रमा प्रवेश गरी मतपेटिकालगायतका सामग्री तोडफोड गरेकाले मतदान गर्न गराउन सम्भव नभएकोले निर्वाचन स्थगित गरिएको मतदान अधिकृत हर्कबहादुर कलेलले जारी गरेको सूचनामा उल्लेख छ। 

फर्जी मत खसाएर मतदान निष्पक्ष नगराएको भन्दै आक्रोशित केही विद्यार्थीले मतपेटिका फुटाएका थिए। उनीहरूले क्याम्पसको गेट, झ्याललगायतमा समेत तोडफोड गरेका छन्।

ad
ad