१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा निर्वाचन अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o२:oo

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँचवटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चित बनेको छ।
    
केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो। 

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडिमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन स्थगित भएको विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले जानकारी दिए।   

‘पाँचवटा क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको छ,’ उनले भने, ‘अन्य आंगिक क्याम्पसमा निर्वाचन प्रक्रिया जारी छ।’ उनले निर्वाचनका लागि छलफलमार्फत सहमति खोज्ने प्रयास भइरहेको बताए। 
    
विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन्। 

विद्यार्थी संगठनहरूले विद्यार्थी भर्नाका लागि दुई दिनको समय तय गरी चुनावलाई असफल र विद्यार्थीहरूलाई मताधिकारबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन्। अन्य विद्यार्थी संगठनले भने निर्वाचन हुनुपर्ने माग गरेका छन्। 

अनेरास्ववियु क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरीले यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्नुपर्ने बताए। ‘हामीले पटक–पटक छलफल गरी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका छौँ,’ उनले भने, ‘हाम्रो संगठन निर्वाचनमा जान तयार छ।’ 
    
सुदूरपश्चिम विश्वविद्यालयले भने ताला खोल्नका लागि पटक–पटक छलफल भए पनि सहमति जुट्न नसकेको जनाएको छ।