मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ४ शनिबार १२:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड अस्थिरताका अगुवा : एमाले सचिव विष्ट

Read Time : < 1 मिनेट
२०७९ चैत ४ शनिबार १२:२५:००

नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले एकीकृत माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अस्थितरताको अगुवाको संज्ञा दिएका छन् । शनिबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै विष्टले एमालेसँग गरेको सहमती दुई महिना नपुग्दै तोडेर प्रचण्डले देशमा अस्थिरता निम्त्याएको आरोप लगाए ।

‘नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । तर उहाँले सहमतीको दुई महिना नपुग्दै सहमतीलाई तोड्नुभएको छ । एकप्रकारले अस्थितरता निम्त्याउने कामको अगुवाई प्रधानमन्त्रीले गर्नुभएको छ,’ उनले भने, ‘देशमा राजनीतिक अस्थितरता निम्त्याउने, अन्यौलता निम्त्याउने, देशलाई बर्बादीको दिशातर्फ लाने काम प्रधानन्त्री प्रचण्ड स्वयंले गर्नुभयो ।’

देशभित्र र बाहिरका शक्ति केन्द्रहरुको आडमा प्रचण्डले देशमा अस्थिरता निम्त्याउने कामको नेतृत्व गरेको विष्टको आरोप छ । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले देशी विदेशी शक्ति केन्द्रहरुको स्वार्थलाई सेवा पु¥याउने गरी काम गरेका छन् ।’ प्रधानमन्त्री प्रचण्डको यस किसिमको व्यवहार उनी स्वयंका लागि पासो सावित हुने सचिव विष्टको चेतावनी छ ।

यस्तै, सचिव विष्टले एमाले केन्द्र सरकारबाट बाहिरिए पनि तत्काल प्रदेश सरकारहरुबाट नबाहिरिने संकेत गरेका छन् । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै केन्द्रमाजस्तो शक्ति सन्तुलनको अवस्था प्रदेशहरुमा नरहेकाले प्रदेश सरकारबाट एमाले बाहिरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गरे ।