१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार ११:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार ११:५६:००

पायोनियर मोटो कर्प प्रालिले नेपालका लागि आधिकारिक विक्रेताका रूपमा बिक्री गर्दै आएको गाडी खरिद गर्न चाहने ग्राहकलाई एभरेष्ट बैंकले कर्जा दिने भएको छ । निसानका गाडी खरिद गर्ने ग्राहकलाई सहजै कर्जा दिने सम्बन्धमा बैंक र पायोनियरबीच सम्झौता भएको हो  ।

सम्झौतामा बैंकका कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियरका सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार निसानले उत्पादन गरेका गाडी खरिद गर्दा छिटो–छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । 

सम्झौताअनुसार एभरेष्ट बैंकका सबै शाखाबाट ग्राहकलाई गाडीका लागि सुलभ ऋण सुविधा सजिलै उपलब्ध हुने बैंकको भनाइ छ । विद्युतीय गाडीका लागि बेस रेटमा ३.५ प्रतिशत जोडेर र विद्युतीयबाहेकका गाडीका लागि बेसरेटमा ४ प्रतिशत जोडेर कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । कर्जाको अवधि सात वर्ष र सेवा शुल्क शून्य दशमलव ५ प्रतिशत मात्र हुने जनाइएको छ । निसानको विद्युतीय गाडीको मालिक हुन अब मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्नुपर्ने उल्लेख छ । 

यो कर्जा एभरेष्ट बैंकको देशभर रहेका एक सय २४ वटै शाखाबाट प्राप्त हुने तथा पायोनियर मोटोकर्पका कुनै पनि आधिकारिक डिलरबाट खरिद गर्दा पाइने जनाइएको छ ।