१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरको राजस्व संकलन ४३ प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o४:oo

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको छ । महानगरले चालू आवमा १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा चार अर्ब ५६ करोड ६२ लाख उठाएको छ ।

महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व संकलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले ९० लाखभन्दा धेरै राजस्व उठाएको छ ।

यस्तै, महानगरले दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा एक अर्ब १८ करोड संकलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालू आवमा एक अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा ६५ करोड उठाएको छ ।

यसैगरी, नक्सापास दस्तुरबाट ४१ करोड उठेको छ । उक्त शीर्षकमा महानगरले चालू आवभरिमा ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।

ad
ad