१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सरकारले हटायो दुईवर्षे श्रम स्वीकृतिको प्रावधान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२७:oo

वैदेशिक रोजगारका लागि दिइने दुईवर्षे श्रम स्वीकृतिको प्रावधान सरकारले हटाएको छ। 

श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले खाडी, मलेसिया र युरोपमा तोकिएको दुईवर्षे श्रम स्वीकृतिको प्रावधान आजदेखि हटाएका हुन्। अबदेखि गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति-रोजगारदाता र श्रमिकबीच भएको कार्यसम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने निर्णय भएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डुण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीस्तरबाट भएको निर्णय जानकारी गराएका छन्। 

मन्त्रालयले यसअघि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति-सम्झौताको अवधिलाई भन्दा सबैलाई दुई वर्षको श्रम स्वीकृति दिँदै आएको थियो। 

‘...त्यसबाट श्रमिक कामदारको कार्यअवधि र भिसाअवधि छँदै श्रम स्वीकृतिका कारण बीचमा नै नेपाल फर्किनुपरेको, विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नघाई बस्नुपर्ने अवस्था देखिएको एवं धेरै झैझमेला मोल्नुपर्ने भएकोले प्रधानमन्त्रीस्तरबाट निर्णय भएअनुसार अबदेखि गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति-रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था भएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ।