१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वामशक्तिबीच एकताको सम्भावनाबारे खनाल र विप्लवबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३७:oo

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच वामशक्तिहरूबीच एकताको सम्भावनाबारे छलफल भएको छ। 

खनालनिवास डल्लुमा दुई घण्टासम्म चलेको भेटवार्तामा दुई नेताले कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए। भेटमा नेकपा नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए। 

पूर्वप्रधानमन्त्री खनालका स्वकीयसचिव कृष्ण भट्टराईले भेटका क्रममा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भएको जानकारी दिए। 

‘समसामयिक राजनीतिक परिस्थितिबारे लामो कुराकानी भयो। विशेष गरी कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हाबी हुँदै गरेकोमा दुवै नेताले चिन्ता व्यक्त गर्नुभयो,’ भट्टराईले भने। 

नेताहरूबीच वामपन्थी शक्तिहरूबीच एकताको सम्भावनाबारे पनि चर्चा भएको भट्टराईले जानकारी दिए।