१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३५ तोला सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुरलाई कारबाही सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१८:oo

३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ। 

एसएसपी चन्द्रकुबेर खापुङ नेतृत्वको छानबिन समितिले आइतबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै डिएसपी केसीको गल्ती औँल्याएको हो। 

गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो। सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखेको छानबिन समितिको निष्कर्ष छ। 

डिएसपी ठगबहादुरले बुटवलकै एक सुन पसलेबाट तस्करीको आरोपमा सो सुन बरामद गरेका थिए। अवैध भएको पुष्टि भए राजस्व तथा कार्यालय बुझाउनुपर्ने तथा वैध देखिए सम्बन्धित व्यक्तिलाई नै बुझाउनुपर्नेमा उनले आफैँसँग राखेकाले बदनियत देखिएको हो। 

हाल निलम्बनमा रहेका केसीलाई कानुनअनुसार कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ। उनीमाथि सोही घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।