१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:५९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नियमित रात्रिकालीन उडान : हवाई सञ्जालमा जोडिए पोखरा-भद्रपुर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

सञ्चालनमा आएको ६८औँ दिनमा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित रात्रिकालीन उडान सुरु भएको छ। नियमित रात्रिकालीन उडान सुरुसँगै बिहीबार बुद्ध एयरका चार विमानले पोखरा विमानस्थलमा अवतरण गरेका थिए।

१७ पुसदेखि संचालनमा आएको विमानस्थलमा रात्रिकालीन उडानका लागि आवश्यक इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) ११ फागुनदेखि लागु भएको थियो।

आइएफआर लागुसँगै विमानस्थल  अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो। आइएफआर लागु भएको सातौँ दिनमा अर्थात १७ फागुनमा निजी बायुसेवा कम्पनी सौर्य एयरलाइन्सले पहिलो रात्रिकालीन उडान सफलता पुर्वक सम्पन्न गरेकोे थियो।
 
सौर्यको काठमाडौँबाट आएको सि आर जे २०० जेट इन्जिन विमानले विमानस्थलमा अवतरण र पुनः काडमाडौंका लागि उडान भरेको थियो। 

बिहीबार बुद्धका भद्रपुर, भैरहवा, नेपालगञ्ज र काठमाडौंबाट आएका विमानले पोखरा विमानस्थलमा अवतरण गरी नियमित रात्रिकालीन उडान सुरु गरेका थिए।

पोखरामा अवतरण गरेका बुद्धका चारबटै विमान बिहीबार पोखरामै बास बसेर शुक्रबार देशका अन्य सहरहरुमा उडान भरेका थिए।

आइएफआर लागु हुनु अघि विमानस्थलबाट बिहानदेखि साँझ ५ः३० बजेसम्म मात्र उडान र अवतरण हुदै आएकोमा त्यसपछि १८ घण्टासम्म खुल्ला रहँदै आएको छ। विमानस्थलमा रात्रिकालीन उडान सुरु भएपनि अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ भन्ने हालसम्म टुङो भने छैन।
 
विमानस्थलमा हाल बुद्ध, यती, सौर्य, गुण, श्री एयरलाईन्सले देशका विभिन्न भागमा आन्तरिक उडान गर्दै आएका छन्। रात्रिकालीन उडानका लागि ती कम्पनीहरुले समेत चासो दिएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए। 

हवाई सञ्जालमा जोडिए पोखरा–भद्रपुर  
                                                                             
एकपछि अर्को सहर जोड्ने गरी हवाई सञ्जाल विस्तारको कार्यलाई तिव्रता दिएको पोखराबाट शुक्रबारदेखि पूर्वको भद्रपुरसम्म सिधा हवाई सेवा सुरु भएको छ। 

गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय नगरी पोखराबाट बुद्ध एयरले पुर्वको व्यापारिक सहर भद्रपुरमा शुक्रबारदेखि नियमित सिधा हवाई सेवा सुरु गरेको हो।

हवाई सेवा सुरु सगै बुद्धले अब हरेक दिन पोखरा भद्रपुर उडान भर्ने भएको छ। यस अघि हवाईजहाजबाट आउजाउ गर्नुपर्दा काठमाडौं हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो। 

शुक्रबार दुई सहरलाई जोड्ने गरी सुरु भएको उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पर्यटन व्यवसायी लगायतको टोली सहभागी भएका थिए। 
पोखराबाट उडान भरेको बृद्धको ७२ सिटे विमानले १ घण्टा ५ मिनटमा भद्रपुर विमानस्थलमा अवतरण गरेको थियो। पोखराबाट गएको टोलीलाई भद्रपुर विमानस्थलमा भद्रपुर नगरपालिका प्रमुख गणेश पोख्रेल, उपप्रमुख राधा कार्की, पर्यटन व्यवसायीहरु लगायतले स्वागत गरेका थिए।

नियमित उडान सुरुसँगै बुद्धले अब हरेक दिन बिहान ६ः१५ बजे पोखराबाट भद्रपुर र साँझ ६ः५५  बजे भद्रपुरबाट पोखराका लागि उडान भर्ने भएको छ। उडानका लागि यात्रु भाडादर सात हजार १४० कायम गरिएको छ।

गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय नगरि पोखरालाई अन्य ६ प्रदेशसँग सिधा हवाई सञ्जालमा जोड्ने प्रदेश सरकारको उद्देश्य समेत छ। पोखरा यसअघि काठमाडौं, नेपालगंञ्ज, विराटनगर, भैरहवा, भरतपुरसँग सीधा हवाई संजालमार्फत जोडिइसकेका छन्।