१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अवैध उत्खनन भएको स्थानमा अनुगमन गर्ने सहमतिपछि शान्तिनगरको विवाद मिल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३६:oo

दाङको शान्तिनगर गाउँपालिका– २ का वडाध्यक्ष सुनील वलीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्न खोजेको भन्दै उत्पन्न विवाद समाधान भएको छ ।

गत शुक्रबार पालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कालाई चिया टेबल उठाएर हिर्काउन खोजेको भन्दै पालिकाका सबै कर्मचारीले सेवा ठप्प पारेका थिए । त्योसँगै बबई गाउँपालिकाका कर्मचारीले पनि हातमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरेका थिए भने दंगीशरण गाउँपालिकाका कर्मचारीले पनि यसको विरोध जनाएका थिए ।

शान्तिनगरको २ र ५ नम्बर वडामा पर्ने बहुला खोलाको विष्णुपुर घाटमा मापदण्डविपरीत उत्खनन भइरहेको भन्दै वडाध्यक्षले समाधानका लागि माग गर्दा सुनुवाइ नभएको भन्दै पालिकामा छलफलका क्रममा हातपातको अवस्थासम्म पुगेको थियो । विवादपछि त्यस क्षेत्रमा उत्खनन कार्य रोकिएको छ ।

बुधबार घोराहीमा भएको सहमतिअनुसार मापदण्डविपरीत उत्खनन भएको स्थानमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत निकायले अनुगमन गर्नेछन् । पालिका अध्यक्ष बस्नेतका अनुसार केही दिनमा ती निकायले अनुगमन गर्नेछन् । त्यसबाहेक पालिकाका कर्मचारीले ठप्प पारेको सेवा प्रवाह सञ्चालन गर्ने सहमति भएको छ । सोहीअनुसार बिहीबारदेखि कर्मचारीले काम थालेको पालिका अध्यक्ष बस्नेतको भनाइ छ ।

ad
ad