१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार २२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संविधानको पालना र संरक्षण नै मेरो मार्गनिर्देशक सिद्धान्त रहनेछ : नवनिर्वाचित राष्ट्रपति पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २२:४१:oo

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्नो मार्गनिर्देशक सिद्धान्त रहने स्पष्ट पारेका छन् । 

राष्ट्रपतिमा निर्वाचित भएपछि बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पौडेलले भनेका छन्, ‘ नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरो मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’ 

उनले विज्ञप्तिमार्फत् राष्ट्रपति–संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण व्यक्त गरेका छन् । 

राष्ट्रपतिका काम कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने प्रतिबद्धता पनि उनले जनाएका छन् । 

सोही विज्ञप्तिमार्फत् उनले आफूलाई साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरू र सबै मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले राष्ट्रपतिका आफ्ना प्रतिस्पर्धी एमालेका सुवासचन्द्र नेम्बाङलाई पनि सम्मान व्यक्त गरेका छन् । पाैडेल अाज राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

ad
ad