१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:५४:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । 

आज भएको निर्वाचनमा राष्ट्रपति पदका अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङलाई अत्यधिक मतभारले पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् ।

पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडलले घोषणा गरे । उनका अनुसार प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरे ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो । तर, बिहीबार चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कूल मतभार ४९ हजार ५९१ थियो । त्यसमध्ये राष्ट्रपति निर्वाचित हुन ५१ प्रतिशत अर्थात २६ हजार ३ सय १५ आवश्यक थियो । पौडेलले झन्डै दुईतिहाइ मतभार प्राप्त गरे । 

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ तीन सय १३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ पाँच सय १८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए । 

मतदानमा राप्रपाका १४ संघीय र २८ प्रदेश सांसद अनुपस्थित रहे । त्यस्तै, नेमकिपाका संघीय एक र प्रदेशका तीन सांसद पनि मतदानमा सहभागी भएनन् । माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद डा. चन्द्र भण्डारी चीन र भारतमा उपचाररत छन् । एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित रहिन् ।

ad
ad