१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवीन अर्याल काठमाडौं
Invalid date format १o:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चालक दलसहित ७८ जना सवार श्रीको जहाज ठूलो दुर्घटनाबाट बच्यो

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२१:oo

श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट हुनबाट बचेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट उड्नेबित्तिकै दायाँ इन्जिनमा आगो लागेपछि पाइलटले जहाजलाई पुनः त्रिभुवन विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गराएका छन् ।

काठमाडौंबाट भैरहवाका लागि उडेको उडान नम्बर ८२१ को क्यू ४०० जहाजमा ७८ यात्रु सवार थिए । जहाजमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रु सुरक्षित रहेको श्रीका प्रवक्ता अनिल मानन्धरले बताए ।

काठमाडौंबाट उड्नेबित्तिकै जहाजको दायाँ इन्जिनबाट ‘फायर वार्निङ’ आएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए । ८० सिट क्षमताको जहाज क्याप्टेन भरतसिंह थापाले उडाइरहेका थिए ।

जहाजको इन्जिनबाट फायर वार्निङ आएपछि पाइलटले त्रिभुवन विमानस्थलको टावरलाई जानकारी गारएका थिए । टावरको समन्वयमा जहाज धादिङको आकाशबाट फर्किएर अवतरण गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

चालक दलका सदस्यसहित ७८ यात्रु सवार जहाज धावनमार्गबाट उडेको २३ मिनेटमा अवतरण गरिसकेको थियो । ‘जहाज काठमाडौंबाट ९:३८ बजे भैरहवा उडेको थियो, तर आगो लागेको वार्निङ आएपछि बीचबाटै फर्किएर १०:०१ बजे सुरक्षित अवतरण गरेको हो’ महाप्रबन्धक तिवारीले भने ।

उनका अनुसार जहाज एउटा मात्र इन्जिनको सहायताले अवतरण गरेको थियो । आगो लागेको दायाँ इन्जिन अफ भइसकेको थियो । ‘जहाजको इन्जिनमा देखिएको आगो आकाशमै निभिसिकेको थियो,’ उनले भने, ‘जहाज सुरक्षित अवतरण भइसकेको छ, सबै यात्रु सकुसल छन् ।’

‘जहाजको इन्जिनमा कुनै पनि समस्या आयो भने तत्कालै अफ हुने सिस्टम हुन्छ, आज पनि आगो लाग्नेबित्तिकै इन्जिन अफ भयो र अर्को इन्जिनको मद्दतले जहाज अवतरण गरियो,’ उनले भने ।
 
यात्रुलाई वैकल्पिक व्यवस्था गरिँदै

श्री एयरलाइन्सले यात्रुलाई वैकल्पिक व्यवस्था गरेर भैरहवा लैजाने तयारी गरिरहेको मानन्धरले बताए । ‘हामीले अर्को क्यू ४०० जहाजबाटै यात्रुलाई भैरहवा लैजानेछौंँ, अहिले त्यसमै जुटेका छौँ,’ उनले भने, ‘यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु हाम्रो कर्तव्य हो ।’ श्री एयरलाइन्ससँग आठवटा जेट इन्जिन जहाज छन् । अहिले पाँचवटा जहाजबाट सेवा दिँदै आइरहेको छ ।