
जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० (समग्रमा २–१) गोलअन्तरले पराजित गर्दै इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेका गरेको छ ।
अवे खेलमा १–० ले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले गएराति घरेलुमैदान स्टाम्फोर्ड ब्रिजमा डर्टमन्डलाई २–० ले पराजित गर्याे । एक गोल पेनाल्टीमा सम्भव भएको थियो ।
खेलको ४३औँ मिनेटमा रहिम स्टर्लिङले चेल्सीका लागि गोल गर्दै समग्रमा खेल बराबरीमा ल्याएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको ५३औँ मिनेटमा प्राप्त पेनाल्टी दोस्रो प्रयासमा गोलमा परिणत गर्दै काई हार्भाटेजले चेल्सीलाई राहत दिलाए ।
हार्भाटेजको पहिलो प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो । तर, पेनाल्टी प्रहारअघि नै चेल्सी र डर्टमन्डका खेलाडी डिबक्सभित्र प्रवेश गरेको पाइएपछि चेल्सीले दोस्रोपटक पेनाल्टी प्रहार गर्ने मौका पाएको हो । दोस्रो मौकालाई खेर नफाली हार्भाटेजले बललाई जाली चुमाए ।