१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ र पुरानो पुस्तामा फागु गीतको उत्साह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o९:oo

‘हिँड्नुहोला जोगीका मातासित हिँड्नुहोला ।
बनै केरे कन्दमूल खानुहोला, आहै जोगीका मातासित हिँड्नुहोला ।।

रेसुंगा नगरपालिका- ५ अर्खलेमा ५५ वर्षीय विष्णु दर्लामीको जोस देखेरै धेरै छक्क पर्छन् । यो फागुको लामो भाकासहितको गीत गाउन जोकसैले सक्दैनन् । बाउ–बाजेका पछिपछि सिक्दै र सुन्दै हुर्किएका दर्लामीलाई फागुका सबै गीत र लय कण्ठ छन् । दमाहा, झ्याली, खैजडी र मजुरामा फागु गाइन्छ । नयाँ र पुराना दुवै पुस्तासँग मिल्छन् दर्लामी। पहिले फागु पूर्णिमाको पक्ष सुरु भएपछि साताभर फागु गाइन्थ्यो । उनी फागु गाएर थाक्दैनन् । फागुका पुराना कलाकार रेशौराज आचार्य ७८ वर्षका भए । उमेरमा फागु र भजन गाएर उज्यालो बनाउँथे । उनीसहितका थुप्रै व्यक्तिलाई बुढ्यौलीले छोयो । ‘पुराना बाजेहरू हिँड्नै सक्दैनन् । नयाँलाई जबर्जस्ती हिँडाएर फागु संस्कृति बचाएका छौँ,’ दर्लामीले भने, ‘परम्परा हाम्रा सम्पत्ति हुन् । 

‘देखो हो कि ढाल तेरा देखो  हो कि ढाल ।
साउने होरी साउ देखो हो कि ढाल ।’

फागु लामो र छोटो दुवै भाकामा गाइन्छ । युवा पुस्ताका फागुगायक तुल्सी गौतमले लामो भाका अप्ठ्यारो हुने भएकाले छोटोमा सबैको चासो हुने बताए । सबै गीत रामायणमा आधारित भएकाले कण्ठस्त पार्न सजिलो नहुने गौतमले बताए । विशेष गरेर रेसुंगा नगरपालिका ४ र ५ का सबै समुदायका नागरिकले फागु गाउने गरेका छन् । 

फागुपूर्णिमाको दिन बाँसको लिंगो गाड्ने र चीर पोलेर रातभर फागु गाउने प्रचलन रहेको छ । भोलिपल्ट बाँस काटेको घरबाट फागु निकालेर गाउँदै र नाच्दै सोही स्थानमा पुगेर चीरको धुलो उडाउने पुरानो परम्परा कायम रहेको स्थानीय हरिप्रसाद आचार्यले बताए । 

अर्खलेकै ७३ वर्षीय चन्द्रमणि पाण्डेयले फागुलाई नजिकबाट चिनेका छन् । उनी सानो हुँदा फागु गाएर रात बित्थ्यो । पुराना पुस्ताले अहिलेभन्दा मनमोहक गाउँथे । फागु पक्षबाट गाउँ–गाउँमा उत्साहका साथ फागु गाउने र नाच्ने चलन थियो । ‘अहिले ठिटाले डिस्को हेर्छन् । सयौँ वर्ष पुरानो संस्कृति बल्लबल्ल धानिएको छ,’ उनले भने, ‘पुरानो पुस्तासँगै कलाहरू मेटिँदै छन् ।’ 

फागु गीत र नाचमा जातीय विभेद हुँदैन । सबै समुदायको उपस्थितिले फागुको रौनक सुरु हुन्छ । गाउँकै युवा मधु घर्ती र मिठु घर्तीले दमाहा ठोक्दा विष्णु दर्लामीले झ्याली पिट्छन् । बाजाको तालमा पुरानो पुस्ताको फागु भाकामा साथ दिएका थिए १८ वर्षीय विशाल थापा र १९ वर्षीय अभिषेक रेग्मीले । विशाल भन्छन्– लामो भाकामा मिठो लय भए पनि सजिलो छोटो भाका हुन्छ । 

रेसुंगा नगरपालिका– ४ अर्खलेको फागुसँगै भजन पनि प्रख्यात छ । वर्षौँदेखि अर्खलेका स्थानीय भजन समूहले मौलिक लोक भजन गाउँदै आएका छन् । ६० वर्षीय हरि पन्थीले भजन गाउन थालेका तीन दशक हुन थाल्याे । उनका पुर्खाले पनि भजन गाउँथे । यो समूह भजन गाउन नपुगेका जिल्लाका कुनै स्थान बाँकी छैनन् । तर, पुस्ता निकै पुराना छन् । जमना फेरियो, उमेर घर्कियो । पहिले–पहिले पूजाहरूमा भजन गाएर रात बिताएको अनुभव पन्थीसँग छ । तर, नयाँ पुस्ता दोहोरी र पपसँग रमाउन थालेकाले भजन संकटमा परेको छ ।

ad
ad