१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

‘शक्तिराष्ट्रहरूको प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनतामा जोखिम’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:२१:oo

एमाले अध्यक्ष केपी ओलीले शक्तिराष्ट्रहरूको प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने मार्गमा जोखिम देखिएको बताएका छन् । नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढेको ओलीको भनाइ छ । 

‘आज मुलुक असामान्य परिस्थितिबाट गुज्रिरहेको छ । विश्वको बदलिँदो शक्ति सन्तुलन, परिवर्तित भूराजनीति र दक्षिण एसियामा देखिन थालेका शक्तिराष्ट्रहरूका प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने हाम्रो मार्ग जोखिमपूर्ण बन्दै गएको छ,’ सहिद दिवसका अवसरमा वक्तव्य प्रकाशित गर्दै ओलीले भनेका छन्, ‘राजनीतिमा देखापरेको अस्थिरता, अवाञ्छित सत्तालिप्सा र आत्मसमर्पणवादले यस चुनौतीलाई अझ जटिल बनाएका छन् ।’ 

मुलुकको अर्थतन्त्र संकुचन, मन्दी र संकटको चरणबाट गुज्रिएको र विगतमा अवलम्बन गरिएका कतिपय आर्थिक विचलन र हानिकारक नीतिहरूका कारण अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा नेपालको विश्वसनीयता र प्रतिष्ठामाथि प्रश्नचिह्न खडा भएको ओलीले बताएका छन् । 

त्यसैबीच ओलीले अहिले सत्तास्वार्थका लागि राष्ट्रिय हित र स्वाभिमानमाथि खेलबाड गरिएको दाबी गरे । ‘मैले सत्तास्वार्थका लागि जनताको भान्सामा विष पुर्‍याउन पाइँदैन भनेको थिएँ, फेरि दोहोर्‍याएर भन्छु । सत्तास्वार्थका लागि राष्ट्रको शान्ति सुव्यवस्था, राष्ट्रिय स्वाधीनता, राष्ट्रको अस्तित्वमा खेलबाड गर्न पाइँदैन,’ पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले भने, ‘हाम्रा पुर्खाले ठूलो बलिदानबाट देशको अस्तित्व जोगाए, कहिले पराधीन भएनौँ, कसैले टाउकामा टेक्न पाएन ।’

संविधानसभाले मुलुकमा गणतन्त्र घोषणा गरेकाले तत्कालीन जनयुद्धबाट राजतन्त्रको अन्त्य भएको माओवादी दाबी गलत भएको ओलीको भनाइ छ । झापाको सुखानीमा ०२८ मा हत्या गरिएका तत्कालीन मालेका पाँच नेताको स्मृतिमा आयोजित सहिद दिवस कार्यक्रममा बोल्दै ओलीले सत्तास्वार्थका लागि १७ हजार नागरिक मारिएको आरोप लगाए । 

‘०५२ सालपछि सत्तास्वार्थका लागि १७ हजार मान्छे मारिए । कताबाट मारिए आफ्नो ठाउँमा होला । के प्राप्तिका लागि मारिए ? बहुदलीय व्यवस्था आएकै थियो, केका लागि मारिए भन्दा अनौठो छ । आज गणतन्त्रका लागि भनिन्छ,’ ओलीले भने, ‘०६३ सालको सुरुमा द्वन्द्व समाप्त भएर मंसिरमा बृहत् शान्तिसम्झौता भो । ०६५ मा संविधानसभाले राजतन्त्र हटायो । जनयुद्धबाट राज्य नै कब्जा गरेको होइन होला ।’ 

ad
ad