१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण २१ आइतबार १०:५१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षक संघ लमजुङको अध्यक्षमा सूर्यबहादुर केसी निर्वाचित

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २१ आइतबार १०:५१:००

नेपाल शिक्षक संघ लमजुङको नवौँ जिल्ला अधिवेशनबाट सूर्यबहादुर केसी  निर्वाचित भएका छन् ।  विद्याज्योति माध्यमिक विद्यालय, सुन्दरबजार, खहरेका प्रधानाध्यापकसमेत रहेका केसी चार सय ४९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्याशी भैरवकाली माध्यमिक विद्यालय, मध्यनेपाल, रम्घाका प्रधानाध्यापक हरिश्चन्द्र लम्सालले दुई सय ८३ मत प्राप्त गरेका छन् । 

यसैगरी महिला उपाध्यक्ष पदमा सीता बरालले तीन सय ५९ मत प्राप्त विजयी भइन् भने अर्का प्रत्याशी तुलसी गुरुङले तीन सय ३३ मत प्राप्त गरिन् । यसैगरी उपाध्यक्ष पदमा शैलपुत्री माध्यमिक विद्यालय, राईनासका प्रधानाध्यापक दिनेश चिलुवालले तीन सय ७३ मत प्राप्त गरेर विजयी भए भने उपाध्यक्ष पदका प्रत्याशी रणबहादुर गुरुङले तीन सय ४३ मत प्राप्त गरे ।

यस्तै , सचिव पदमा आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक राजीव पण्डितले चार सय ९५ मत प्राप्त गरी विजयी भए भने उनका प्रत्याशी राजु राउतले दुई सय २८ मत प्राप्त गरे । अर्थ सचिवमा प्रदीपराज घिमिरेले तीन सय ८५ मत प्राप्त गरी विजयी भए भने अर्का प्रत्याशी दिनेश गुरुङले तीन सय १८ मत प्राप्त गरेका छन् । सहसचिव पदमा भरत घिमिरेले चार सय एक मत प्राप्त गरी विजयी भए भने प्रत्याशी बेलबहादुर थापाले दुई सय ९४ मत मात्र प्राप्त गरे ।

आइतबार बिहान सम्पन्न मत परिणामअनुसार सदस्यमा गणेश अधिकारी, बद्रीप्रसाद पौडेल, सन्तोष भट्टराई विजयी भएका छन् । नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर केसी यसअघि उपाध्यक्ष पदमा रहेर नेतृत्व गरिसकेका व्यक्ति हुन् । 

दुई प्यानलमा विभाजन भई भएको निर्वाचनमा हरिश्चन्द्र लम्सालको प्यानलबाट चुनाव लडेका उपाध्यक्ष दिनेश चिलुवाल र सदस्य सन्तोष भट्टराईले मात्र चुनावी परिणाम हात पारेका छन् । यसैगरी प्रदेश प्रतिनिधिमा दीपक खनियाँ, अनिल अधिकारी, बुद्धराज सेढाईं, रवीन्द्रनाथ घिमिरे र रमेश अधिकारी निर्वाचित भएका छन् । यसैगरी संघीय प्रतिनिधिमा शिवराज अधिकारी, विष्णुहरि बास्तोला, सोमराज चिलुवाल र रमाकान्त अधिकारी विजयी भएका छन् ।

शिक्षक संघको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, अर्थसचिव, सहसचिव, महिला सहसचिव, महिला अर्थसहसचिव एक–एकजना उमेदवार हुनेछन् भने समावेशीतर्फबाट दुईजना सहसचिव, तीनना महिलासहित सातजना सदस्य, दुई महिलासहित ६ जना संघीय प्रतिनिधि र दुई महिलासहित सातजना प्रदेश प्रतिनिधि हुने व्यवस्था छ । कार्यसमिति र संघीय तथा प्रदेश प्रतिनिधिमा निर्वाचित भएकाबाहेक अन्य पद निर्विरोध भएका थिए ।