१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २१ आइतबार १०:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वावलम्बन लघुवित्तको २१.०५ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २१ आइतबार १०:०३:००

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थसहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको संस्थाको २१औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । संस्थाले आर्थिक वर्ष ०७८/७९ मा २९ करोड पाँच लाख १४ हजार खुद नाफा आर्जन गरेको छ ।

चालू आवको पुस मसान्तसम्म ६१ जिल्लाका एक सय ४५ शाखा–उपशाखा कार्यालय तथा नौवटा इलाका कार्यालयमार्फत दुई लाख ६३ हजार ७० महिला ग्राहक सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानी २० अर्ब ७० करोड ५० लाख पुगेको छ भने सदस्यको बचत १२ अर्ब ६९ करोड सात लाख रुपैयाँ रहेको छ ।