१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण २१ आइतबार ०९:४९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खप्तड गोल्डकप चैत दोस्रो साताबाट

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २१ आइतबार ०९:४९:००

मोफसलको सर्वाधिक पुरस्कार राशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको छैटौँ संस्करण आगामी ९ देखि २० चैतसम्म धनगढी रंगशालामा हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।     

क्लबका अध्यक्ष सुरेश हमालले अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता सञ्चालन गर्न स्वीकृति दिएको जानकारी दिए । प्रतियोगितामा १० टोलीको सहभागिता रहने अध्यक्ष हमालले जानकारी दिए ।

‘ए’ डिभिजन खेल्ने ६ वटा क्लब, दुईवटा विदेशी टोली तथा आयोजकसहित दुईवटा मोफसलको टोलीको प्रतियोगितामा सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइको छ ।