१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ फाल्गुण १७ बुधबार १९:o७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सैद्धान्तिक छलफल सकियो, दुई घण्टाका लागि बैठक स्थगित

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १९:o७:oo

प्रदेशको नाम टुंगो लगाउन बसिरहेको प्रदेश १ सभाको बैठक दुई घण्टाका लागि स्थगित गएको छ। 
सभामा दर्ता भएको ‘कोसी’ नामाकरणसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सकिएपछि दुई घण्टाका लागि बैठक स्थगित भएको हो। 

सैद्धान्तिक छलफलमा पहिचान पक्षधर र कोसी प्रदेश पक्षधरका १७ जना सांसदले भाग लिए।

छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेश सभा बैठक दुई घण्टाका लागि स्थगित गरेका हुन्। दुई घण्टापछि सुरु हुने बैठकमा मत विभाजन हुनेछ। प्रदेश सभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ।

कोसी प्रदेशमा सत्ताधारी दल एमाले, माओवादी, राप्रपा र विपक्षी दल कांग्रेसले ‘कोसी’ नाममा सहमति जनाएका छन्।