१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १७ बुधबार १७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तरकारीको विषादी जाँचसम्बन्धी प्रकाशित समाचारप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १७:o४:oo

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारीको विषादी जाँच्ने प्रस्ताव र जिटूजीमार्फत मल आयात गर्ने प्रस्तावबारे भ्रामक समाचार प्रकाशन भएको भन्दै खण्डन गरेको छ। 

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले विज्ञप्ति जारी गर्दै तथ्यहीन समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। 

विज्ञप्तिमार्फत प्रवक्ता सन्जेलले तरकारीको विषादी जाच्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनअनुसारको प्रस्तावको तयारी कृषि मन्त्रालयले गरिरहेको जानकारी दिएका छन्।

मन्त्रालयका प्रवक्ताको नाम उल्लेख गर्दै जिटूजीमार्फत मल आउन नसक्ने आशयको प्रकाशित समाचार झुटो भएको मन्त्रालयले जनाएको छ। साथै, मन्त्रालयले झुटा र भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रहसमेत गरेको छ।