Skip This
विराटनगरमा निषेधाज्ञा जारी [तस्बिरहरू]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ फाल्गुण १७ बुधबार १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगरमा निषेधाज्ञा जारी [तस्बिरहरू]

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १४:o२:oo

विराटनगर निषेधाज्ञा जारी गरिएकाे छ। प्रदेशकाे नामकरण प्रस्तावमाथि आज छलफल हुने भएपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएकाे हाे। बुधबार दिउँसाे ३ बजेदेखि सुरु हुने निषेधाज्ञा अर्काे आदेश नभएसम्म जारी रहनेछ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय वरपर, प्रदेश सभा भवनलगायतका विराटनगर मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाे छ।  आज प्रदेशको नामकरणमाथि निर्णायक छलफल हुँदै छ। दुईवटा नामकरणसम्बन्धी प्रस्ताव दर्ता भइसकेका छन्। 

प्रमुख दलहरूबीच ‘कोसी प्रदेश’ राख्ने प्रस्तावमा सहमति जुटेको बताइएको छ। प्रमख दल एमालेले कांग्रेसको समर्थनमा कोसी प्रदेश नाम राखेर प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरिसकेको छ।  प्रमुख तीन दलबीच सहमति जुटेसँगै कोसीमाथि सामान्य बहुमत पुग्ने देखिएको छ। 

९३ संसद् रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि ६३ सांसद आवश्यक पर्छ। एमाले एमालेका ४०, कांग्रेसका २९ र माओवादीका १० सांसद छन्। 
एकीकृत, जसपालगायतका साना दलले पहिचानका आधारमा नामकरण हुनुपर्ने भन्दै असहमति जनाएका छन्। 

 

पहिलो कार्यकालमा आफ्नै स्वार्थको द्वन्द्वले गर्दा थाँती रहेको प्रदेशको नामकरणमा गोप्य छलफल गरेर प्रदेश सभामा दर्ता गराउने र  आजै सर्वसम्मतले पारित गराउन दलहरू सहमत भएका हुन्।