१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ फाल्गुण १७ बुधबार ०९:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न सक्दैन : एमाले नेतृ तुम्बाहाम्फे

हिन्दुराष्ट्रको पक्षमा राप्रपालाई सहयोग हुँदैन

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १७ बुधबार ०९:०५:००

नेपाल कम्युनिस्ट पार्टी एमालेकी महिला नेतृ तथा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसक्ने बताएकी छिन् । डोल्पाको जिल्ला सदरमुकाम दुनैमा पत्रकारसँग भेटघाट गर्दै तुम्बाहाम्फेले यस्तो बताएकी हुन् ।

एमालेको बुझाइमा सबैभन्दा अस्थिर नेता प्रचण्ड भएको र अस्थिर नेताले नेतृत्व गरेको सरकारले नेपालका लागि निकास दिन नसक्ने उनले बताइन् । ‘केही समय सहकार्य गरेर सँगै बढ्दा जनताको हित हुन्छ कि भन्ने एमालेको धारणा थियो, तर प्रचण्डले धोका दिनुभयो, स्थिर मानसिकता बोकेको मान्छेलाई अघि बढाउनुपर्छ भन्ने एमालेको भनाइ हो,’ उनले भनिन् ।

ग्रासरुट सुदृढीकरण कार्यक्रममा डोल्पा पुगेकी डा. तुम्बाहाम्फेले नेकपा एमाले देशकै सबैभन्दा स्थापित पार्टी भएकाले अब एमालेको रणनीति पार्टी सुदृढीकरणमा केन्द्रित हुने बताइन् । संवैधानिक परिषदमा एमालेकै बहुमत रहेकाले अहिले सरकारलाई संवैधानिक नियुक्तमा असहजसमेत हुनेतर्फ उनले संकेत गरिन् ।

नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनमा एमालेले आफ्नोतर्फबाट उम्मेदवार मैदानमा उतारिसकेकाले त्यसको डटेर सामना गर्ने उनको भनाइ छ । निर्वाचन प्रक्रियामा जितहार हुने भएकाले यसमा कुनै नौलो नभएको उनले बताइन् । पत्रकारको अर्को प्रश्नमा नेकपा एमाले र राप्रपाको नीति, विधि र सिद्धान्त फरक भए पनि राष्ट्रिय हितका विषयमा सहकार्य भइरहने उनले बताइन् ।

यदि राप्रपाले उठाएको हिन्दू राष्ट्रको मुद्दामा एमालेको साथ–सहयोग हुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा यसमा एमालेले कदापि सहयोग गर्न नसक्ने उनले बताइन् ।