Skip This
नेपालको लगातार चौथो जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालको लगातार चौथो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:३२:oo

नेपालले आइसिसी यू–१९ विश्वकप छनोटमा लगातार चौथो जित निकालेको छ । मंगलबार मलेसियालाई १० विकेटले हराएसँगै नेपाल विश्वकपनजिक रहेको हो । बिहीबार घरेलु टोली युएईलाई पराजित गरे नेपालले आगामी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।

नेपालले चार खेलबाट ८ अंक जोडेको छ । तीन खेलबाट ६ अंक जोडेको युएई दोस्रो स्थानमा छ । ६ टोली सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सीधै विश्वकपमा पुग्नेछ । नेपाल सन् २०१६ पछि विश्वकप खेल्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रन र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

दीपक र अर्जुनको अविजित साझेदारी
मलेसियाले प्रस्तुत गरेको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा विनाविकेट क्षति भेटाएको थियो । नेपालका ओपनर दीपक बोहरा र अर्जुन कुमालले अविजित ७३ रनको साझेदारी गरेका थिए । दीपकले २९ बलमा आठ चौकासहित सर्वाधिक ३८ रन जोडे । अर्जुनले २५ बलमा तीन चौकासहित २१ रनको योगदान गरेका थिए । नेपालले १४ अतिरिक्त रन पाएको थियो । नेपालविरुद्ध मलेसियाका कुनै पनि बलर सफल भएनन् । 

चलेन मलेसियाको ब्याटिङ
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया सस्तैमा समेटिएको थियो । नेपाली बलिङसामु मलेसियाका कुनै पनि ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदा मात्र ७२ रन बनाउन सक्यो । तेस्रो नम्बरमा क्रिजमा आएका मोहम्मद अक्रम मलिकले ५१ बलमा तीन चौकासहित सर्वाधिक २६ रन बनाएका थिए । ठूलो स्कोर बनाउने लक्ष्यमा रहेका मलिकलाई दीपेश कँडेलले विशालविक्रम केसीको हातबाट क्याचआउट गराएका थिए । मोहम्मद हाइरिल हारिसन र मोहम्मद स्याहिरले समान १२ रन जोडेका थिए । यसअघि ओपनर सिद्धार्थ कार्थिक आकाश चन्दबाट एक रनमा बोल्ड भए । मलेसियाका आठ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

नेपालको धारिलो बलिङ
बलिङतर्फ नेपालका दीपेशले सर्वाधिक चार, आकाश चन्दले तीन, मिलन बोहराले दुई तथा सुवास भण्डारीले एक विकेट लिएका थिए । दीपेशले १० ओभरमा चार मेडन राख्दै मात्र ११ रन खर्चिए । आकाशले ४.३ ओभरमा ९ रन खर्चिए । मिलनले ९ ओभरमा पाँच मेडनसहित ८ रन खर्चिएका थिए । 

ad
ad