
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनको आदेश आंशिक बदर गर्दै उनलाई विदेश जाने अनुमति दिएको हो।
नाबालिग बलात्कार अभियोग लागेका लामिछानेलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। लामिछानेले क्रिकेट खेल्न विदेश जान दिन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।