१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार ०९:०६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चिकित्सकलाई कारबाहीको माग गर्दै हिमाल अस्पतालमा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार ०९:०६:००

बालिका मृत्यु प्रकरणलाई लिएर हिमाल अस्पताल ज्ञानेश्वरमा पीडितका आफन्तले धर्ना दिएका छन् । मोरङ घर भएकी २८ महिने बालिका प्रशंसा गौतमको उपचारका क्रममा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै बालिकाका आफन्त धर्नामा बसेका हुन् । 

गत २३ माघमा सामान्य रुघाखोकी र ज्वरो आएकी बालिकालाई उनका बुबाले उपचारका लागि हिमाल अस्पताल लगेका थिए । तर, उपचारका क्रममा बालिकाको ज्यान गएको थियो । धर्नामा उत्रिएका आफन्तले चिकित्सकको लापरबाहीले नै बालिकाको मृत्यु भएको दाबी गरेका छन् । मृतक बालिकाकी आमा गंगा गौतमसहित उनका आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । उनीहरूले अस्पतालले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । 

हिमाल अस्पतालमा कार्यरत चिकित्सक डा. जयदेव यादवले परीक्षण नगराई औषधि दिएको र बिरामी शिथिल भएपछि अस्पताल आएका कारण ज्यान गएको दाबी गरेका छन् । बालिकाको अवस्था नाजुक भएपछि हिमाल अस्पतालले कान्ति बाल अस्पतालमा रेफर गरे पनि उनीको त्यहीँ मृत्यु भएको थियो ।

मृतक बालिकाका आफन्तले हिमाल अस्पतालविरुद्ध नारा लगाउँदै कारबाही र क्षतिपूर्ति माग गरेका छन् । पीडित पक्षले चिकित्सक यादवको लाइसेन्स खारेज गर्न र उचित क्षतिपूर्तिको माग राखेका छन् । उनीहरूले चिकित्सकलाई कारबाहीको माग गर्दै ८ फागुनमा नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दर्ता गराएका थिए ।