१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ओलम्पिक छनोटअन्तर्गत समूह ‘सी’का खेल नेपालमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:२३:oo

फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’को पहिलो चरणको खेल नेपालमा हुने भएको छ। 

एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल संग (एन्फा)ले जनाएको छ। समूह ‘सी’मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन्। 

छनोटको पहिलो चरणका खेलहरू आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछन्। 

ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन्। ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ। नेपालले ओलम्पिक तयारीस्वरूप भारतसित दुई मैत्रीपूर्ण खेल खेलेको थियो। 
 

ad
ad