१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्यका निकाय गैरजिम्मेवार हुनु अपराध हाे : तोसिमा कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सडक आयोजनाहरू निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गरेकी छिन्। 

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत सरकारी निकायले नै  काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरिन्। 

उनले काठमाडौं उपत्यकामा निर्माणाधीन सडक आयोजनाको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराइन्।

सांसद कार्कीले नेपाल सरकारको संघीय मन्त्रिपरिषद्को प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु–भैँसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ भन्दै प्रश्न गरिन्। 

सांसद कार्कीले टुँडिखेल–फर्सिडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो–चापागाउँ–कान्तिपथ मुआब्जाको कारण रोकिनु ठूला ठेकेदारको मिलोमतो र दबाब के हो भन्दै सरकारसँग जवाफ मागिन्। उनले राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभई आमजनतामाथिको अपराध भएको उल्लेख गरिन्।