मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १० बुधबार १०:५८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

डा. अम्बेडकर फिल्म फेस्टिभलमा ‘कथा आफैँ बोल्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १० बुधबार १०:५८:००

 भारतको मुम्बईमा मंगलबारबाट ‘डा. भीमराव अम्बेडकर इन्टरनेसनल फिल्म फेस्टिभल’ सुरु भएको छ । फेस्टिभलमा विभिन्न देशका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो छनोट भएको छ । फेस्टिभलमा नेपाल, भारत, श्रीलंका, क्यानडा, उज्वेकिस्तानलगायत देशका ३४ वटा सिनेमा छनोट भएको छ ।

फेस्टिभलको पहिलो दिन मंगलबार नेपालबाट छनोटमा परेका योगेनमान गोर्खालीको डकुमेन्ट्री विशुपति र विशाल रोकामगरको ‘लाहुरेनी’ तथा निर्मल पौडेलको ‘म कमरेड’ प्रदर्शन भएको थियो । फेस्टिभलमा छनोट भएका फिल्म मुम्बईको मुभी म्याक्स सिनेमा भवनमा प्रदर्शन गरिएको छ ।

फेस्टिभलको दोस्रो दिन बुधबार नेपालबाट छनोट भएको म्युजिक भिडियो ‘रेलको बाटो’ देखाइने भएको छ । ६ मिनेट ३७ सेकेन्ड लामो म्युजिक भिडियोलाई लक्ष्मण सुनुवारले निर्देशन गरेका छन् । बुधबार नै निर्देशक सुनील पाण्डेको निर्देशन रहेको सर्ट फिल्म कथा आफैँ बोल्छ (स्टोरी टेल्स इट सेल्फ) प्रदर्शन हुँदै छ । करिब १७ मिनेट लामो फिल्म चेपाङ भाषामा बनेको छ । जसलाई डा. कमलराज शर्माले लेखेका छन् । फिल्ममा तारा केसी, आशा भुसाल र लेखक डा. शर्मा आफैँको अभिनय रहेको निर्देशक पाण्डेले बताए । 

‘यो फिल्ममा भ्रमले मान्छेलाई कसरी मृत्युको मुखमा लैजान्छ भन्ने विषय देखाउन खोजिएको छ । संसारमा भूत छैन । तर, त्यही भूतको भ्रमले धेरै मान्छेमा विभिन्न समस्या देखा परिरहेको छ,’ उनले भने, ‘त्यो भ्रमबाट मुक्त बनाउन फिल्ममा प्रयास गरिएको छ ।’