१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ९ मंगलबार २o:५७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

डा. अम्बेडकर फिल्म फेस्टिभलमा पाण्डेको सर्ट फिल्म ‘कथा आफैँ बोल्छ’ को चर्चा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार २o:५७:oo

भारतको मुम्बईमा मंगलबारबाट ‘डा. भीमराव अम्बेडकर इन्टरनेसनल फिल्म फेस्टिभल’ सुरु भएको छ। फेस्टिभलमा विभिन्न देशका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो छनोट भएका छन्। 

फेस्टिभलमा नेपाल, भारत, श्रीलंका, क्यानडा, उज्वेकिस्तानलगायत देशका ३४ वटा सिनेमा छनोट भएका छन् । फेस्टिभलको पहिलो दिन मंगलबार नेपालबाट छनोटमा परेका योगेनमान गोर्खालीको डकुमेन्ट्री विशुपति र विशाल रोकामगरको ‘लाहुरेनी’ तथा निर्मल पौडेलको ‘म कमरेड’ प्रदर्शन भयो । 

फेस्टिभलको दोस्रो दिन बुधबार नेपालबाट छनोट भएको म्युजिक भिडियो ‘रेलको बाटो’ देखाइने भएको छ । ६ मिनेट ३७ सेकेन्ड लामो म्युजिक भिडियोलाई लक्ष्मण सुनुवारले निर्देशन गरेका छन् । 

बुधबार नै निर्देशक सुनील पाण्डेको निर्देशन रहेको सर्ट फिल्म कथा आफैँ बोल्छ (स्टोरी टेल्स इट सेल्फ) प्रदर्शन हुँदै छ । करिब १७ मिनेट लामो फिल्म चेपाङ भाषामा बनेको छ । जसलाई डा. कमलराज शर्माले लेखेका छन् । 

फिल्ममा तारा केसी, आशा भुसाल र लेखक डा. शर्मा आफैँको अभिनय रहेको निर्देशक पाण्डेले बताए।

‘यो फिल्ममा भ्रमले मान्छेलाई कसरी मृत्युको मुखमा लैजान्छ भन्ने विषय देखाउन खोजिएको छ । संसारमा भूत छैन । तर, त्यही भूतको भ्रमले धेरै मान्छेमा विभिन्न समस्या देखापरिरहेको छ,’ उनले भने, ‘त्यो भ्रमबाट मुक्त बनाउन फिल्ममा प्रयास गरिएको छ ।’ 

पाण्डेले निर्देशन गरेका डकुमेन्ट्री र सर्ट फिल्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएका छन् । उनले निर्देशन गरेको ‘ए पण्डित बाजे’ हिट नेपाली चलचित्र हो । फेस्टिभलमा छनोट भएका फिल्महरू मुम्बईको मुभी म्याक्स सिनेमा भवनमा प्रदर्शन गरिएका छन् ।