१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

मनहरीमा हात्ती आक्रमणबाट घाइते महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o३:oo

मकवानपुरको मनहरीमा आइतबार हात्तीको आक्रमणबाट घाइते भएकी बृद्धाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेकी ६४ वर्षीय राधा अधिकारीको निधन भएको हो। 

करेसाबारीमा काम गरिरहेकी अधिकारीलाई जंगली हात्तीले आइतबार बिहान एक्कासि आक्रमण गरेको थियो। 

गाउँलेको सहयोगमा हात्तीको आक्रमणबाट जोगाएर हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचारका लागि ल्याइएकी अधिकारीलाई थप उपचारका लागि चितवनस्थित सिएमसी अस्पतालमा पुर्याइएको थियो। 

अधिकारीको उपचारका क्रममा मृत्यु भएको मनहरी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रकाश थापाले जानकारी दिए। वडाध्यक्ष थापाका अनुसार अधिकारीको हात्तीको आक्रमणका कारण मेरुदण्ड र हातमा चोट लागेको थियो। उनको करंङ र हात भाँचिएको बताइएको छ।

यसअघि हात्तीको आक्रमणबाट अधिकारी घाइते भएपछि आक्रोशित बनेका स्थानीयले मनहरी– ३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा तोडफोड गरेका थिए।

उनीहरूले सेनाले सुरक्षा गस्तीका लागि प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति पुर्याएका थिए। आर्मी र निकुञ्जको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले हात्ती नियन्त्रणमा लिन र धपाउन बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका थिए।

अघिल्लोपटक पनि गाउँमा जंगली हात्ती पसेर आक्रमण गर्दा स्थानी एकजना महिलाको ज्यान गएको थियो।