मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ फाल्गुण ८ सोमबार १३:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनहरीमा हात्तीको आक्रमणबाट एक वृद्धा घाइते, आक्रोशित स्थानीयले जलाए आर्मी पोस्ट

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ८ सोमबार १३:३१:००

मकवापुरको मनहरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजना महिला घाइते भएपछि आक्रोशित बनेका स्थानीयले आर्मीको पोस्टमा तोडफोड र आगजनी गरेका छन् । आक्रोशित स्थानीयले मनहरी– ३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा तोडफोड गरेका हुन् ।

सेनाले सुरक्षा गस्तिका लागी प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति पुगेको स्थानीय श्रीकृष्ण ढकालले जानकारी दिए । हात्ती नियन्त्रणमा लिन र धपाउन बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

आइतबार साँझतिर देखिएको हात्तीले सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी वडा नम्बर ४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीलाई आक्रमण गरी घाइते बनाएको थियो । उनको अहिले हेटौँडा– ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

अघिल्लो वर्ष पनि यसै क्षेत्रमा एक वृद्धाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।  मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले घटनाबारे जानकारी दिँदै हात्ती नियन्त्रणका लागि निकुञ्जसँग समन्वय गरिरहेको बताए । ‘अघिल्लोपटक पनि गाउँमा जंगली हात्ती पसेर आक्रमण गर्दा स्थानी एकजना महिलाको ज्यान गएको थियो । हामीले त्यसवेला हात्तीलाई जेसिबी लगाएर लखेटेका थियौँ । यसपटक फेरि हात्ती गाउँमा देखिएको छ,’ अध्यक्ष कालाखेतीले भने ।