१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद भण्डारीको स्वास्थ्यमा सुधार, कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१९:oo

भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ। फोक्सोले आफैँ काम गर्न थालेपछि कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको अस्पतालले जनाएकाे छ। 

उपचारमा संलग्न डा. मुकेश मिश्राका अनुसार डा. भण्डारी खतरामुक्त छन्। कृत्रिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमबार भेन्टिलेटर हटाउने तयारी भइरहेको छ।

४ फागुनमा बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका सांसद भण्डारीको मुम्बईमा उपचार भइरहेको छ । यसअघि शुक्रबार उनको दुवै खुट्टाको सर्जरी गरिएको थियो।