१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार १२:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सैनिक दिवसमा सहभागी हुन भारतीय सेनाका चार पूर्वप्रमुख काठमाडौंमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार १२:०३:००

नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्वप्रमुख काठमाडौं आइपुगेका छन्। काठमाडौं आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहाग छन्। 

नेपाली सेनाले भारतीय वर्तमान सेनाप्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो। त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउँदै छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्वप्रमुखहरूले भाग लिनेछन्। 

त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरू सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 

सैनिक मुख्यालय जंगी अड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उनीहरूको भेटघाट र छलफल हुनेछ। 

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जंगी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्वप्रमुखहरूको सहभागिता रहनेछ।

नेपाल र भारतबीच एक–अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ। नेपाली सेनाले यस वर्ष  २६०औँ स्थापना दिवस मनाउँदै छ।