Skip This
भ्यालेन्टाइन डेमा सेलेब्रिटीका योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण २ मंगलबार १o:३o:oo
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

भ्यालेन्टाइन डेमा सेलेब्रिटीका योजना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २ मंगलबार १o:३o:oo

सुविन भट्टराई 

प्रेम भनेको मनदेखि मनको कनेक्सन हो । मेरो हकमा भ्यालेन्टाइन डेको दिन रमाइलो गरौँ, घुम्न जाऔँ भन्ने योजना बन्दैन । मेरा लागि हरेक दिन भ्यालेन्टाइन डे हो । श्रीमतीलाई सधैँ प्रेम प्रकट गर्ने गर्छु । समय अनुकूल हुँदा घुम्न जान्छौँ । कलेज पढ्दा भ्यालेन्टाइन डेको अघिल्लो दिन कपाल काटेर कलेज जान पनि लाज लाग्थ्यो । साथीहरूले जिस्काउँथे । त्यतिवेला कोही केटी आएर ह्याप्पी भ्यालेन्टाइन डे भन्दिए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, त्यो कहिल्यै भएन । साथीहरू मिलेर गुलाफको फूल किनेर ल्याउँथ्यौँ । केटाहरूबीच कसले प्रस्ताव राख्ने भन्ने होड चल्थ्यो । मचाहिँ दर्शक मात्रै हुन्थेँ । 

यश कुमार 

मैलै माया गर्छु भनिराख्नु आवश्यक पनि छैन । तैपनि, श्रीमतीसँग सामान्य सेलिब्रेसन गर्छु । भ्यालेन्टाइन डे युवायुवतीका लागि विशेष दिन हो भन्ने लाग्छ । मन परेको मान्छेलाई प्रस्ताव राख्दा पनि उक्त व्यक्ति नरिसाउने दिन हो, भ्यालेन्टाइन डे । प्रेम अभिव्यक्त गर्ने दिन हो । त्यसैले यो दिनको विशेष महŒव छ । मलाई स्कुल–कलेज पढ्दासम्म भ्यालेन्टाइन डेबारे चासो थिएन । त्यतिवेला मन परेको मानिसलाई सीधै ‘आई लभ यु’ भन्न पनि सकिँदैनथ्यो । पोस्टकार्ड लेखेर साथीहरूमार्फत पठाउने चलन थियो । 

अनिता गिरी
भ्यालेन्टाइन डेको खास कुनै योजना छैन । म अहिले ‘नम्बरी सुन’को सुटिङमा व्यस्त छु । त्यसैले सुटिङ टिमसँगै हुनेछु । अहिले तत्काललाई म करिअरमै फोकस्ड छु । सुटिङको मज्जा लिइरहेको छु । सुटिङ टिमसँगै माया बाँडेर भ्यालेन्टाइन डे मनाउने हो । 

विमल घर्तीमगर 
म पनि प्रेम सम्बन्धमा छु । त्यसैले मलाई हरेक दिन भ्यालेन्टाइन डेजस्तो लाग्छ । दुवैजनाले एकअर्कालाई विश्वास गर्नुपर्छ । अहिले खेलकै तयारीमा भएकाले भ्यालेन्टाइन डेमा घुम्न निस्कन पाइँदैन । सानोमा म चञ्चल स्वभावको थिएँ । स्कुल पढ्दा मन परेको आएर मलाई प्रपोज गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । मन परेकी एकजना साथीले मेरो प्रस्ताव रिजेक्ट गरिदिएकी थिइन् । मैले पनि त्यही दिन अर्कैलाई प्रपोज गरेको थिएँ ।

रेश्मा भण्डारी 

मेरो बाल्यकालदेखिको प्रेम नै भलिबल हो । यही खेलमा रमाइरहन पाउँदा तथा देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुसी लाग्छ । स्कुल पढ्दादेखि गेम खेल्न थालकी हुँ । त्यसैले अधिकांश समय तालिममै बित्छ । भ्यालेन्टाइन डे वा अरू कुनै चाडपर्व मेरा लागि विशेष हुँदैन । कलेजमा मलाई पनि एकजना केटा साथी मन परेको थियो, तर प्रस्ताव कहिल्यै गरिनँ । 

प्रेमको प्रतीक गुलाफ 

विश्वभरमा एक सयभन्दा धेरै प्रकारका गुलाफ पाइन्छन् । यो फूललाई प्रेम, स्नेह र सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले प्रेम अभिव्यक्त गर्नका लागि मानिसहरू एकअर्कालाई गुलाफ दिन्छन् । अलग–अलग रङका गुलाफले अलग अर्थ दिन्छ । जस्तो, पहेँलो गुलाफले मित्रता, सेतो गुलाफले सम्बन्धको सुरुवात, रातो गुलाफले प्रगाढ प्रेमको प्रतिनिधित्व गर्छन् । 

स्याहार कसरी गर्ने ?
गुलाफलाई नर्सरीबाट निकाल्नासाथ तत्कालै घरमा ल्याएर गमलामा सार्नुपर्छ । यसलाई साँझको समयमा गमलामा सार्नु राम्रो मानिन्छ । १५ देखि २८ डिग्री सेल्सियस तापक्रम गुलाफ हुर्कनका लागि उपयुक्त हो । यद्यपि, १५ डिग्री सेल्सियसभन्दा कम तापमानमा पनि केही किसिमका गुलाफ हुर्कन्छन् । गुलाफको बिरुवामा रासायनिक मल नभएर जैविक मल प्रयोग गर्नुपर्छ । उमालेको चियाको पत्ता गुलाफ रोपिएको गमलामा हाल्न सकिन्छ । यसले गुलाफलाई हुर्कन मद्दत गर्छ । 

प्रयोग : गुलाफको प्रयोग सौन्दर्य सामग्रीमा अत्यधिक हुने गरेको छ । यसले छालासम्बन्धी धेरै रोगको निराकरण गर्छ, छालालाई चम्किलो र मुलायम राख्छ । विभिन्न परफ्युम बनाउन यसको प्रयोग हुन्छ । आयुर्वेदमा गुलाफको प्रयोगमार्फत धेरै रोगको उपचार गर्न सकिने उल्लेख छ । यसमा भिटामिन सीको मात्रा पर्याप्त हुन्छ । त्यसैले गुलाफको फूल खाँदा शरीरमा भिटामिन सीको कमी हुँदैन । जोर्नी र हड्डी दुखाइबाट राहत मिल्छ ।