१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १ सोमबार १५:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय विदेशसचिवले भेटे परराष्ट्रमन्त्री, ऊर्जा, व्यापार, पारवहनदेखि कनेक्टिभिटीबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १ सोमबार १५:३०:००

नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेट गरेका छन् ।

नेपाल र भारतबीच परराष्ट्रसचिवस्तरीय बैठकपछि क्वात्राले सोमबार परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा ऊर्जा क्षेत्रमा सहकार्य, व्यापार, पारवहन, शिक्षा, संस्कृति, स्वास्थ्य तथा कनेक्टिभिटी, पूर्वाधारलगायत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार नै होटेल याक एन्ड यतीमा भएको बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको थियो ।

दुईदिने औपचारिक भ्रमणका क्रममा भारतीय विदेशसचिव क्वात्रा सोमबार बिहान काठमाडौं आएका थिए । क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेट गर्ने तय भएको छ ।

क्वात्राले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । विदेशसचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारतको औपचारिक भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्नेछन् । उनी मंगलबार दिल्ली फर्किनेछन् ।