२६०औँ नेपाली सेना दिवसका अवसरमा आयोजित ८औँ सिओएएस ओपन म्याराथनमा महिलाको हाफ म्याराथनतर्फकी विजेतालाई याडियाको स्कुटर पुरस्कारस्वरूप प्रदान गरिएको छ । विजेता राजपुरा पछाईले ‘याडिया एस–लाइक’ जितेकी हुन् ।
याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले म्याराथनमा महिलातर्फबाट २१ किलोमिटरको विजेताका लागि एस–लाइक स्कुटर प्रायोजन गरेको जनाएको छ । पछाईले १ः१४ः३४ घन्टामा दौड पूरा गरी म्याराथन जितेपछि प्रधानसेनापति प्रभुराम शर्मा र कुजु नेपालका प्रबन्ध निर्देशक उमिद श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेको जनाइएको छ ।
याडिया नेपालले नेपालमा ८० किलोमिटर दायरा भएको सिवानएस र जि–फाइभ तथा ६० किलोमिटर दायरा भएको एस–लाइक इ–स्कुटर बिक्री गर्दै आएको जनाइएको छ । सिवानएसको मूल्य तीन लाख ७० हजार रुपैयाँ, जि–फाइभको मूल्य तीन लाख ५० हजार रुपैयाँ र एस–लाइकको मूल्य दुई लाख ५५ हजार रुपैयाँ रहेको कुजु नेपालले जनाएको छ ।