१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव

गेटा मेडिकल कलेजको मोडालिटीबारे सुदूरपश्चिमका बहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्रीको छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:११:oo

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने विषयमा छलफल गरेका छन् । गेटा मेडिकल कलेजको मोडालिटीबारे सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने बहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूसँग आइतबार उनले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।

प्रधानमन्त्रीले १ फागुनदेखि विकास आयोजनाको अनुगमन गर्ने घोषणा गरेका छन् । सोही सिलसिलामा उनी सोमबार सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जाने कार्यक्रम छ । भ्रमणको अघिल्लो दिन उनले सो क्षेत्रका सांसदसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणासमेत गरेको थिएँ,’ छलफलमा उनले भने, ‘गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने विषय मेरा लागि गौरवको विषय हो ।’

प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो सहिद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए । ‘यो सुदूरपश्चिम र सिंगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा आजसम्म पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पनि पूरा गर्न सक्छ ।’ गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणलगायत काम प्रचण्ड पहिलो र दोस्रोपटक प्रधानमन्त्री भएको वेला अघि बढेका थिए ।