मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २६ बिहीबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिम सरकार के हुन्छ? ओलीले भने - जोगिन्छ होला !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १७:१४:oo

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक रोकेर बैठकमा बसेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ। 

सुदूरपश्चिम सरकार जोगाउने अन्तिम प्रयास स्वरूपमा प्रधानमन्त्री र ओलीबीच छलफल भएको थियो। तर, छलफलले सुदूरपश्चिम सरकार जोगाउन ठोस पहल लिन नसकेको बताइएको छ। 

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीसँग सरकार जागिने विश्वास मात्र व्यक्त गरे। 

सुदूरपश्चिम सरकार के हुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘जोन्छि होला।’

सुदूरपश्चिममा निर्णयक देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्ना प्रमुख नेता रेशम चौधरीसहित जेलमा सबै नेताको रिहाइ नभएसम्म सरकारलाई समर्थन नदिने अडान राखेपछि एमाले नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको हो। 

२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले आजको संसद् बैठकबाट समर्थन प्राप्त गर्न नसके उनी नेतृत्वको सरकार ढल्नेछ। अहिले जारी बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका छन्।