१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदभित्रै संविधानविरुद्ध विषवमन नगर्न राप्रपालाई रामकुमारीकाे चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:३६:oo

एकीकृत समाजवादीकी सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छिन्। 

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचारगोष्ठीमा उनले संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको टिप्पणी गरेकी छिन्। 

सचिव झाँक्रीले जनतालाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाको विरुद्ध नबोल्न राप्रपालाई चेतावनी दिइन्। उनले ठूला दलहरूले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने वेला आएको पटक–पटक दोहोर्‍याइन्। 

‘अब जिम्मेवारपूर्ण ढंगले अघि बढ्ने हो कि भन्ने लाग्छ। हाम्रा दलहरूका दलीय व्यवस्था, हाम्रो संस्कार, हाम्रो संस्कृति जे बनिरहेका छन्। संसदमा जात्रा देखिएको छ। व्यवस्थाका विरुद्धमा विषवमन गरिएको छ। त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ। यसले जनतालाई निराश बनाएको छ। अहिले यसो गर्नका लागि अब धेरै कुरा बाहिर बोलेर होइन। चेन्ज हुने गरी गर्नुपर्दछ।’

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब जनताको अवस्था परिवर्तन हुने गरी काम गर्ने गरी सबै राजनीतिक दलहरूले योजना बनाउनुपर्नेमा जाेड दिइन्।