मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Sunday, 13 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २५ बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाले महँगीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार १५:१o:oo

नेपाल कम्युनिस्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो।

पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महँगीविरुद्धमा देशव्यापी विरोध गर्ने बताए। 

उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए। 

उनले पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिस्ट पार्टी साथै राजनीतिक दलहरूबीच रूपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको बताए। 

नेता विश्वकर्माले आगामी दिनमा राष्ट्रिय स्वाधीनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको बताए। 

पार्टीले एमसिसी, एनसिएल, एसिपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणविरुद्ध संघर्ष गर्ने पनि जानकारी गराए। 

प्रवक्ता विश्वकर्माले जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्न माग गरे। उनले सरकारसँग पार्टीले गरेको तीनबुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरू रिहा हुनुपर्ने माग गरेको बताए।