मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २४ मंगलबार २०:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्पट फिक्सिङको आरोपमा थप एक क्रिकेट खेलाडी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २४ मंगलबार २०:०७:००

स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआइबी टोलीले पर्साको वीरगन्ज घर भएका नितेश गुप्तालाई आज पक्राउ गरेको हो । 

गत महिना काठमाडौंमा भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा गुप्ता पक्राउ परेका हुन् । 

ब्युरोका प्रवक्ता तथा एसपी कमल थापाले एजेन्टको काम गरेको पाइएपछि गुप्तालाई पक्राउ गरिएको जानकारी दिए । 

ब्युरोले यसअघि दुईजनालाई पक्राउ गरेको थियो । पूर्वखेलाडी मेहबुब आलम र अहिलेका खेलाडी आदिल आलम पक्राउ परेका थिए । उनीहरूमाथि अनुसन्धान चलिरहेको छ ।