Skip This
नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २३ सोमबार १६:२२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार १६:२२:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अंकले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ। 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अंकले उकालो लागेर चार सय दुई दशमलव शून्य एकमा पुगेको छ। 

कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ। कुल ३९ लाख २२ हजार दुई सय १६ कित्ता सेयर रु. एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६ सय ४५ मूल्यमा कारोबार भयो।

कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु. ६ करोड ४५ लाख ७३ हजारबराबरको कारोबार भयो। 

यस्तै युनिभर्सल पावर कम्पनी र पाँच करोड ३५ लाख ७९ हजार नेपाल लाइफ इन्स्योरेन्स रु. चार करोड ८९ लाख ६० हजार नौ सय ३२, हिमालयन डिस्टिलरी रु. चार करोड ७७ लाख सात हजार पाँच सय एक र आशा लघुवित्त रु. चार करोड तीन लाख ७३ हजार नौ सयबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार आदर्श लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। माहुली लघुवित्त पाँच दशमलव ५१, युनिभर्सल पावर चार दशमलव ९९, सिभिल लघुवित्त चार दशमलव शून्य पाँच र सपाेर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८४ प्रतिशतले कमाएका छन्।

यस्तै, लक्ष्मी बैंकको ऋणपत्र नौ दशमलव ५८, बाराही हाइड्रोपावर चार दशमलव ६७, मिथिला लघुवित्त तीन दशमलव ८५, ग्लोबल आइएमई ब्यालेन्स फन्ड एक तीन दशमलव ७५ र आरबिबी म्युचुअल फन्ड एकका लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन्।