१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:४६:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

खुट्टा बलियो बनाउन कस्तो व्यायाम गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

जिम गएर हामी शरीरको माथिल्लो भागलाई बलियो बनाउन मात्रै केन्द्रित हुन्छौँ । तर, हामीले समग्र शरीरलाई स्वस्थ र सन्तुलित बनाउनेतर्फ ध्यान दिनुपर्छ । खुट्टाको मांसपेशीलाई बलियो बनाउनका लागि केही व्यायाम नियमित गर्नु राम्रो हुन्छ।

बर्बेल स्क्वाट : बर्बेल स्क्वाट सामान्य एक्सरसाइज हो, यो व्यायामका लागि जिममा मेसिनहरू हुन्छन् । यो एक्सरसाइज खुट्टाका लागि निकै उत्तम मानिन्छ । हातमा तौल लिएर गर्नुपर्छ । हातमा तौल लिएर एक्सरसाइज गर्दा खुट्टाको सेप राम्रो बन्छ र शक्ति पनि प्रदान गर्छ । 

लेग प्रेस : खुट्टालाई बलियो र आकर्षक बनाउन लेग प्रेस उत्तम व्यायाम हो । यो व्यायामका लागि जिम सेन्टरमा दुई प्रकारका मेसिन उपलब्ध हुन्छन् । एउटा मेसिनमा तपाईं बसेर व्यायाम गर्न सक्नुहुन्छ भने अर्काेमा सुतेर व्यायाम गर्न सक्नुहुन्छ ।