मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ६ सोमबार
  • Monday, 20 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १९ बिहीबार २०:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद चौधरीलाई रिहा गर्न २४ घन्टे अल्टिमेटम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १९ बिहीबार २०:३१:००

नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका सांसद अरुणकुमार चौधरीलाई छोड्न २४ घन्टे अल्टिमेटम दिएको छ। १० वर्षअघि कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी बिहीबार दिउँसो बाँकेबाट पक्राउ परेका थिए।

१० वर्षसम्म यो विषयमा केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह साधेर पक्राउ गरिएको भन्दै नागरिक उन्मुक्ति पार्टीले २४ घन्टाभित्र रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

पार्टीका प्रवक्ता दामोदर पण्डितद्वारा जारी विज्ञप्तिमा २०६६ सालयता चौधरीले चारपटक चुनाव लडिसक्दा राज्यका निकायहरूले के हेरेर बसेका थिए भन्दै प्रश्न गरिएकाे छ।