मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १५ बुधबार
  • Wednesday, 29 March, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १९ बिहीबार १७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ : रञ्जिता श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १९ बिहीबार १७:०१:००

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेकी हुन्।

श्रेष्ठले फेसबुकमा लेखेकी छिन्, ‘थारूलाई मात्र अपराधी देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ।’ नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलगायतको रिहाइको माग गर्दै आएको छ।

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको उक्त पार्टीले रेशम चौधरीलगायतलाई रिहा नगरेसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आएको छ। आगजनी मुद्दामा फरार सो पार्टीका अर्का सांसद अरुणकुमार चौधरीसमेत आज बिहीबार पक्राउ परेपछि रञ्जिताले यस्तो प्रतिक्रिया दिएकी हुन्।