१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रविलाई गृहमन्त्री नबनाएको भन्दै जुम्लामा ‘आत्मदाह’को प्रयास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:२७:oo

जुम्लामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन्। बिहीबार दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एकजना युवाले आत्महत्याको प्रयास गरेका हुन्।

कोहलपुर नगरपालिका– १० स्थायी घर भएका वर्ष ४० का गोकर्ण कार्कीले रवि लामिछानेले न्याय पाउनुपर्छ भन्दै शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले जानकारी दिए। 

उनले भने, ‘निज कार्की शरीरमा पेट्रोल खन्याइसकेर शरीरमा आगो लगाउने तयारीमा थिए। प्रशासनकै भवनको आडमा भएकाले हामीले छिट्टै थाहा पायाैँ । तत्काल रोकेपछि मानवीय क्षति हुनबाट भने जोगियो।’   

आगो सल्काउन थालेका कार्कीबाट प्रहरीले लाइटर खोसेको थियो । आत्मदाहको प्रयास गर्ने कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चालक हुन् । विगत १५ वर्षदेखि प्रतिष्ठानमा काम गर्दै आएका छन्। 

आत्मदाहको कारणबारे खुलाउदै कार्कीले भने, ‘यो देशमा जताततै भ्रष्टाचार छ। अनियमितता छ। भ्रष्टचार रोक्छु, देशलाई परिवर्तन गर्छु भन्ने रवि लामिछानेजस्तो मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु। त्यसैले मर्ने निधो गरेको हुँ।’ 

कार्कीलाई कर्णाली प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीको जिम्मा लगाइएको डिएसपी चन्दले बताए। पूर्वगृहमन्त्री रवि लामिछाने नागरिकता विवादका कारण पदमुक्त भएका छन्। 

ad
ad