मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १९ बिहीबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १९ बिहीबार १४:५१:००

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनी बाँकेको कोहलपुरबाट पक्राउ परेका प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार उनलाई अहिले कोहलपुरबाट कैलाली लगिँदै छ । आगजनी मुद्दामा कैलाली जिल्ला अदालतबाट करिब १० वर्षअघि चौधरीसहित तीनजनालाई जनही ६ महिना कैद फैसला भएको थियो ।

दोषी ठहर भएकामध्ये एकजनालाई प्रहरीले गत बुधबार टीकापुरबाट पक्राउ गरेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको सार्वजनिक भएको थियो । साबिक बलिया गाविस– ५ का महादेव बजगाईंले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै तीनजनाविरुद्ध दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा चलाएको थियो ।