मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १९ बिहीबार १२:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १९ बिहीबार १२:३३:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन् । बिहीबार ललितकला गुठी काठमाडौंको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको उल्लेख गरे । प्रतिष्ठानले देशमा मात्र नभई ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको उनले बताए । प्रतिष्ठानले संस्थागत स्वरूप ग्रहण गरेकोमा प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरे ।

‘म पहिलोपटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठानलाई अघि बढाउनेबारे तपाईंहरूकै सल्लाह, सुझावअनुसार अघि बढाएको हो, अहिले स्थापित भएर गठन भई १२ वर्ष पूरा भइसकेको छ । यसले संस्थागत स्वरूप ग्रहण गर्दै छ । अहिले तेस्रोपटक प्रधानमन्त्रीको रूपमा यहाँ आइराख्दा खुसी महसुस भएको छ । यो क्षेत्रमा तपाईंहरूले दिनुभएको योगदानलाई राष्ट्रले कदर गरेको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानलाई कुनै समस्या र चुनौती भए लिखित रूपमा आफूलाई दिन आग्रह गर्दै प्रतिष्ठानको संरक्षण र संवर्द्धनका लागि आवश्यक पहल गर्ने आश्वासन दिए । ‘आउने दिनमा यसका अगाडि रहेको सम्भावना के छन्, चुनौती के छन् ? तपाईंहरूले लिखित रूपमा प्रधानमन्त्री कार्यालयमा दिनुहोला । मैले आफ्नो ठाउँबाट गर्ने सहयोग प्राप्त हुनेछ,’ उनले भने ।